नागरिक लगानी कोषका कार्यक्रम : निजामती कर्मचारी बीमा कोष, नेपाल प्रहरी बीमा कोष, नेपाली सेना बीमा कोष, सशस्त्र प्रहरी बीमा कोष, शिक्षक बीमा कोष, कर्मचारी बचतवृद्धि स्वीकृत अवकाश कोष योजना अन्तर्गत ऋण सापटी तथा बचत भइरहेको रकमको स्टेटमेन्ट CIT Mobile App बाट हेर्न सकिन्छ ।
APP डाउनलोड गर्ने तरिका : बचतवृद्धि स्वीकृत अवकाश कोष योजना र बीमा कोषका सबै सहभागीहरुले कोषको उक्त सेवा लिनका लागि Android Operating System भएको मोबाइलका Playstore मा गएर CIT Mobile App खोज्ने र सो APP लाई Install गर्नुपर्ने हुन्छ । यो सेवा iOS(Apple) Operating System भएको मोबाइलमा उपलब्ध छैन ।
प्रयोग कसरी गर्ने:
अनलाइन मोड : यदि तपाईको मोबाइलमा इन्टरनेटको सुबिधा छ भने अनलाइन मोडको स्त्रीन देखिनेछ । त्यहाँ Register बटनमा गई आफ्नो नाम, मोबाइल नम्बर, आफू कार्यरत रहेको कार्यालयको नाम, बीमा कोष अन्तर्गतको बीमा कोष छनोट गरी बीमा परिचयपत्र नम्बर र यदि बीमा नभएका सहभागीहरुको हकमा अवकाश कोषमा ठिक चिन्हमा लगाई कोषको परिचयपत्र नम्बर राखेर रजिष्टर गर्नुपर्दछ ।