आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पुँजिको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न एवं पुँजीबजारमा गतिशिलता ल्याउने मुल उद्धेश्य राखेर नागरिक लगानी कोषको स्थापना नागरिक लगानी कोष ऐन, २०४७ अनुसार वि.सं. २०४७ चैत्र ४ गते भएको हो। वि. सं. २०४८ माघ १ गते देखि औपचारिक रूपमा आफ्नो कारोबार संचालनमा ल्याएको कोषको कार्यालय बिभिन्न समयमा बिभिन्न स्थानहरुमा सर्दै बि.स.२०६७ सालमा कोषले खरिद गरेको नयाँबानेश्वर स्थित जनकपुर चुरोट कारखानाको भवन मा सरेको थियो । हाल कोषले नयाँवानेश्वर स्थित सांसद भवनको पुर्व पट्टी सुविधा सम्पन्न भवन बनाई कार्यालय संचालन गर्दे आएकोछ । कोषले देहायका कार्यक्रम / योजना संचालन गर्दै आएको छ :
क) कर्मचारी बचतबृद्धी अवकाश कोष
ख) नागरिक एकांक योजना
ग) उपदान तथा पेन्सन कोष
घ) लगानीकर्ता अवकाश कोष योजना
ङ) नागरिक पेन्सन योजना
च) नार्क कर्मचारीको सावधिक जीवन वीमा कोष
छ) राष्ट्र सेवक कर्मचारीको सावधिक जीवन वीमा कोष (निजामती कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभागका कर्मचारी, स्थानिय तहका कर्मचारी)