आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पुँजिको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न एवं पुँजीबजारमा गतिशिलता ल्याउने मुल उद्धेश्य राखेर नागरिक लगानी कोषको स्थापना नागरिक लगानी कोष ऐन, २०४७ अनुसार वि.सं. २०४७ चैत्र ४ गते भएको हो । यसले वि. सं. २०४८ माघ १ गते देखि औपचारिक रूपमा आफ्नो कारोबार संचालनमा ल्याएको हो । कोषको कार्यालय शुरुमा थापाथली स्थीत जेसिस भवन छेउमा रहेको र बिभिन्न समयमा बिभिन्न स्थानहरुमा सर्दै बि.स.२०६७ सालमा कोषले खरिद गरेको नयाँबानेश्वर स्थित जनकपुर चुरोट कारखानाको भवन मा सरेको थियो । हाल कोषले नयाँवानेश्वर स्थित सांसद भवनको पुर्व पट्टी सेवाग्राहीमैत्री, सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा संचालन गर्दे आएकोछ । स्थापनाको वेला कोषको चुक्ता पूँजि रु २ करोड ४० लाख रहेकोमा हाल उक्त चुक्ता पूँजि बृद्धि भई रु ६ अर्व ४८ करोड पुगेको छ ।
काेषाले नागरिक लगनी कोष ऐन, २०४७ ले निर्दिष्ट गरेका कार्यक्षेत्रहरु भित्र रही अाफ्नाे कार्य संचालन गरेकाे छ ।
नागरिक लगानी कोष ऐन, २०४७ ले कोषको काम, कर्तब्य र अधिकार देहाय बमोजिम तोकेकोछ ः
क) बचत सम्बन्धी कार्यः
योगदानमा आधारित निबृत्तीभरण, स्वास्थ्य बिमा जस्ता सामाजिक सुरक्षाको श्रेत्रमा आफैले वा अन्य संस्थासँगको सहकार्यमा तोकिए बमोजिमका कार्यक्रम सञ्चालन गर्ने,
निजामती कर्मचारी, सैनिक तथा प्रहरी कर्मचारी, शिक्षक तथा अन्य संगठित संस्थाका कर्मचारीको योगदानमा आधारित सावधिक जीवन बिमा कोष सञ्चालन गर्ने,
तोकिए बमोजिमका उपदान कोष र पेन्सन कार्यक्रम सञ्चालन गर्ने,
स्वेच्छिक वा अनिवार्य अवकाश कोष तथा लगानीकर्ता हिसाव योजना सञ्चालन गर्ने ।
ख) धितोपत्र सम्बन्धी कार्यः
बिभिन्न प्रकारका धितोपत्रमा लगानी र पुनर्लगानी गरी धितोपत्रको स्वामित्व ग्रहण गर्ने,
पहिलो वा दोश्रो बजारमा लगानी गरी धितोपत्रहरुको खरिद गर्ने तथा थोक बिक्रेताको कार्य गर्ने,
कोषद्धारा सञ्चालित अवकाश कोष तथा लगानीकर्ता हिसाव योजनामा सहभागीलाई धितोपत्र खरिद गर्न ऋण तथा सापटी दिने,
संङ्गठित संस्थाहरुलाई धितोपत्र जारी गर्न प्रोत्साहित गर्ने तथा प्राथमिक निष्काशन र विक्री प्रवन्धकको रुपमा आवश्यक सेवाहरु प्रदान गर्ने,
पुँजिबजार बिकासको लागि आवश्यकता अनुसार सहायक कम्पनी वा संस्था स्थापना गर्ने ।
आफैं वा अन्य मर्चेन्ट वैंकसँग मिली सेयर प्रत्याभुति गर्ने ।
संगठित संस्थाहरुलाई ब्रीज फाईनान्सिङ्गको सुविधा वा सापटी प्रदान गर्ने,
बित्तीय ब्यवस्था, बचत तथा लगानीका वैकल्पिक अवसरहरुका वारेमा दक्ष परापर्श सेवा प्रदान गर्ने,
पुँजीबजार सम्बन्धी परामर्श सेवा प्रदान गर्ने,
नेपाल राष्ट्र बैंकको स्वीकृति लिई बिदेशी वैंकसँग बैकिङ्ग कारोवार गर्ने,
ग) अन्य कार्यहरु
कुनै संगठित संस्थाले निष्काशन गरेको वा गर्न लागेको डिवेञ्चरको सम्बन्धमा कोषले ट्रष्टीको कार्य गर्न सक्नेछ ।
कोषले कस्टोडियनको कार्य गर्न (स्वदेशी वा बिदेशी लगानीकर्ताको तर्फबाट तिनिहरुको धितोपत्रको जिम्मा लिने, खरिद बिक्री गर्ने, गराउने वा खरिद बिक्री भएका धितोपत्रको नामसारी, दाखिल खारेज र ब्याज वा मुनाफा संकलन गर्ने कार्यहरु गर्न सक्नेछ ।
घ) लगानी सम्बन्धी कार्य
बाणिज्य वैंकको नगद प्रमाणपत्र वा समय सीमाको मुद्धती निक्षेपमा लगानी गर्ने,
‘क’ बर्गको मान्यता प्राप्त कुनै बाणिज्य वैंकको जमानतमा कोषले तोकेको शर्तमा कुनै संगठित संस्थामा ऋण लगानी गर्ने,
बाणिज्य वैंक, बित्तीय संस्था, बिमा कम्पनी वा त्यस्तो संस्था वा कम्पनीको शेयरमा लगानी गर्ने,
तीनै तहको सरकार र निजी साझेदारी मोडेलमा सम्पन्न हुने पुर्वाधार निर्माणका आयोजनामा लगानी गर्ने,
सरकारद्धारा निष्काशित ऋणपत्रमा लगानी गर्ने
नागरिक एकांक योजनामा संकलित रकम नेपाल राष्ट्र वैंकको स्वीकृति लिई कुनै स्वदेशी तथा बिदेशी कम्पनी वा संगठित संस्थासँगको सहकार्यमा बिदेशी धितोपत्रमा लगानी गर्ने
सरकारी स्वामित्व वा नियन्त्रण भएका जलबिद्युत उत्पादन, प्रसारण र अन्य पुर्वाधार निर्माणमा लगानी गर्ने
संगठित संस्थाले जारी गरेको डिवेञ्चरमा लगानी गर्ने ।