प्रमुख कार्यहरू
बचत परिचालन
निम्न प्रकारका विभिन्न अवकाशसम्बन्धी योजनाहरू सञ्चालन गर्नेः
- उपदान / पेन्सन कोष
- राष्ट्र सेवक कर्मचारीहरूको सावधिक जीवन बीमा कोष
- नार्क बीमा कोष
- कर्मचारी बचत वृद्धि अवकाश कोष
- नागरिक पेन्सन योजना
- नागरिक एकांक योजना
- लगानीकर्ता अवकाश योजना
स्वदेशी तथा विदेशी लगानीकर्ताहरूका लागि विभिन्न युनिट तथा म्युचुअल फण्ड योजनाहरू सञ्चालन गर्ने।
लगानीकर्ताको खाता योजना सञ्चालन गर्ने।
लगानी / वित्तपोषण
- सेयर, डिबेञ्चर तथा सरकारी बचतपत्रमा लगानी गर्ने।
- कर्पोरेट संस्थाहरूलाई अवधिसहितको कर्जा (Term Loan) तथा ब्रिज फाइनान्स उपलब्ध गराउने।
- सेयर खरिदका लागि कर्जा उपलब्ध गराउने।
पूँजी बजार सेवाहरू
ट्रस्टी सेवाहरू
- डिबेञ्चर ट्रस्टी सेवा
- एस्क्रो एजेन्ट सेवा
- कस्टोडियन सेवा
- अन्य ट्रस्टी सेवाहरू
कर्पोरेट वित्त सेवा
- सार्वजनिक निष्कासन व्यवस्थापन
- सार्वजनिक निष्कासनको अन्डरराइटिङ
- कर्पोरेट तथा सरकारी धितोपत्रको बजार निर्मता (Market Maker)
- परामर्श (कन्सल्टेन्सी) सेवा
कार्यनीतिहरू
- देशभित्र तथा विदेशमा रहेका नेपाली नागरिकहरूलाई नागरिक लगानी कोषद्वारा प्रदान गरिएका कार्यक्रमहरूप्रति आकर्षित गर्ने।
- लगानी ट्रस्ट सेवाहरू व्यवस्थापन शुल्क अवधारणाको आधारमा सञ्चालन गर्ने।
- लगानी गतिविधिहरूमा इक्विटी लगानीको उद्देश्य संस्थाको व्यवस्थापन नियन्त्रणको भावना मात्रमा सीमित नरहने।
- सम्बन्धित कोषहरूको जोखिमको प्रकृति र स्तरलाई ध्यानमा राखी उपयुक्त क्षेत्रहरूमा कोषको लगानी प्रवाह (च्यानलाइज) गर्ने। लगानी निर्णय गर्दा जोखिम, प्रतिफल र लगानीकर्ताको चाहनालाई ध्यानमा राख्दै विभिन्न योजनाहरूमा लगानीकर्ताको कार्यसम्पादनलाई प्राथमिकता दिने।
- धितोपत्र कारोबार सन्तुलन गर्न तथा थोक रूपमा सेयर खरिद–बिक्री गर्न बजार निर्माता (Market Maker) को भूमिका निर्वाह गर्ने।
- सरकार, सेयरधनी तथा सहभागीहरूको हितलाई सन्तुलित रूपमा सम्बोधन गर्न सञ्चालनमा सन्तुलित दृष्टिकोण अपनाउने।
- परियोजना तथा व्यवसायिक गतिविधिहरूको छनोट पूर्ण रूपमा व्यवसायिक सिद्धान्त र व्यावसायिक नैतिकताको आधारमा मात्र गर्ने।